कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
383

सनराइज बैंक, सञ्चालक समितिको २०७६ जेठ २२ गतेको बैठकको निर्णयअनुसार श्रीमती आशा राणा अधिकारी नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी छिन् । हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेकी राणा विगत ३१ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेकी छिन् । उनी सनराइज बैंकमा, बैंकको स्थापनाकालदेखि नै कार्यरत छिन् भने सनराइज बैंकमा आउनु अघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्षभन्दा बढी काम गरीसकेकी छिन् ।
श्रीमती अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा प्रथम श्रेणीमा प्रथम भई महेन्द्र विद्याभूषणलगायत विभिन्न विभूषण तथा स्वर्ण पदकहरm प्राप्त गरेकी छिन् ।