कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
325

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय रुकुम पूर्वले जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नयाँ जिल्लामा भर्खरै मात्र स्थापना भएको बैंकको शाखाले सरोकारवाला समुदायलाई लक्षित गरी साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकिङ पहुँच बाहिर रहेका तथा बैंकिङ सेवा सुविधाका बारेमा थाहा नभएका सर्वसाधारणलाई वित्तीय साक्षरता अभिवृद्धि गरी सरकारले सुरु गरेको हरेक नागरिकको बैंक खाता सञ्चालन गर्ने नीतिलाई सघाउ पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंक शाखा प्रवन्धक तेजप्रसाद आचार्यले बताए । कार्यक्रमका सहभागीहरूले राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको वित्तीय सारक्षरता कार्यक्रमले बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यबारेमा जानकारी प्रदान गरेकोमा बैंक प्रतिआभार व्यक्त गरेका थिए ।
मोबाइल बैंकिङबाट आफ्नो खाताको सम्पूर्ण जानकारी लिन सकिने, रिचार्ज गर्दा ४ देखि ५ रुपैयाँसम्म बोनस पाइनुको साथै साधारण मुद्दती खातामा पनि ५० हजारसम्म रुपैयाँको हकमा ८.५ प्रतिशत ब्याजदर पाउन सकिने बैंकले बताएको छ । त्यसैगरी कार्यक्रममा नावालक, शिक्षक, कर्मचारी, पेन्सन खाता, तलवि खाता तथा जुनसुकै नेपाली नागरिकको राष्ट्रिय वाणिज्य बैंक निक्षेप खातामा ५.५ प्रतिशत र गोल्डेन मुद्दतीमा ५ लाखभन्दा बढीको हकमा ९.२५ प्रतिशत ब्याजको व्यवस्था रहेको समेत प्रवन्धक आचार्यले बताए ।