कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
279

एनआईसी एसिया बैंकले सहरी तथा ग्रामीण जिल्लाहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबली करणका लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आउनेक्रममा सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका–१ को गाडागल्ली र मेचीडाँगीमा आपm्नो ३३,३४ र ३५ औंंशाखारहित बैंकिङ सेवा बुधबारबाट सञ्चालनमा ल्याएको छ ।
बैंकले सञ्चालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साह र विशेष अतिथिका रूपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत र वडा नं. ६ का वडा अध्यक्ष सुरेशकुमार साह सुरीको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रूपमा रमेश गुप्तालाई नियुक्त गरिएको बैंकले बतायो ।
यसै गरी गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ सेवाको उद्घाटन मेचीनगर नगरपालिकावडा–१ का वडा अध्यक्ष पासाङ तामाङले गरे भने शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रूपमा भावना श्रेष्ठ र मेचीडाँगी शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा लोकनाथ लामिछानेलाई नियुक्त गरिएको जनाएको छ ।