कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
227

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवद्र्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको भन्दै यस योजनाअन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोनपे’ सञ्जालभित्र रहेको कुनै पनि बैंकका मोबाइल बैंकिङमार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरि भुक्तानी लिनुपर्ने जनाएको छ ।
किराना पसलले प्रतिमहिना ग्राहकबाट कम्तीमा एक सयवटा कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत ५ हजार रुपैयाँ पाउने पनि बैंकले जनायो । यसैगरी, महिनामा १ सयभन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैयाँ प्रदान गरिने मेगा बैंकले जनाएको छ ।