कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
286

ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप १७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिका–१९ सन्हैठाचोक, कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ रेगिल, पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ मनवा बजार, पर्वत जिल्लाको मोदीगाउँपालिका–७ राम्जा ठाँटी, परासी जिल्लाको सुनवल नगरपालिका–११ जर्गाहा, संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–११ लोहाकोट, पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका–५ वीरकोट, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१४ पराल्मी, मोरङ जिल्लाको बेलबारी नगरपालिका–१० चाँदनीचोक एवं बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग, झापा जिल्लाको मेचीनगर नगरपालिका–२ भृकुटीचोक, तनहुँ जिल्लाको देवघाट गाउँपालिका–२ देवघाट, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ हडियाबजार, तनहुँ जिल्लाको व्यास नगरपालिका–५ नेपालटार, चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–७ भालुमारे, चितवन जिल्लाकै कालिका नगरपालिका–९ शक्तिखोर र गुल्मी जिल्लाको सत्यवतीगाउँपालिका–६ चोरकाटेमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
यी १७ वटै शाखारहित बैंकिङ सेवाहरू स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरूको रोहवरमा उद्घाटन भएका छन् । थप १७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १ सय ५५ पुगेको जनाएको छ ।