कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
253

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०७६ साल असार ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकासका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने बिरामी, स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजित कार्यक्रममा समितिद्वारा जानकारी गराइएको छ ।
यस किसिमको सहयोगबाट देश तथा विदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको भन्दै निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ ।