कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
207

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे प्रालिबीच खल्ती (डिजिटल वालेट) सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक ध्रुव अधिकारीले हस्ताक्षर गरेका थिए ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू जस्तै मोबाइल बैंकिङ, लकर, एटिम, इन्टरनेट बैंकिङ, एबीबीस, रेमिट्यान्स आदि सुविधाहरू दिँदै आएकोमा हाल निकै प्रचलनमा रहेको पेमेन्ट गेटवे खल्तीसँग सम्झौता गरेको छ ।
सुविधाअन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाइल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत् महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरू प्राप्त गर्न सकिने जनाएको छ ।