कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
254

एनआईसी एसिया बैंक लिमिटेड र एपोलो हस्पिटल, नयाँ दिल्लीबीच बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।