कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६
411

सिटिजन्स म्युचुअल फण्डले बिक्री खुल्ला गरेको १ अर्ब रुपैयाँ बरावरको सिटिजन्स म्युचुअल फण्ड–२ मा संस्थागत लगानीकर्ताले लगानी गर्न सुरु गरेका छन् । असार ८ गतेसम्म बिक्री खुला रहने सो योजना संस्थागत लगानीकर्ताको पनि रोजाइमा परेको देखिन्छ ।
घट्दो क्रममा रहेको सेयर बजार तथा लगानीयोग्य पुँजी अभावको समस्या रहेको वित्तीय प्रणालीका बावजुद पनि सिटिजन्स म्युचुअल फण्ड–२ ले हालसम्म ३० करोड रुपैयाँ भन्दा धेरैको यर्का बिक्री गरिसकेको छ । योजनाको इकाइ बिक्री बन्द हुने समय नजिकिँदै गरेको हुनाल संस्थागत लगानीकर्ताले लगानी सुरु गरेका हुन् । कही संस्थागत लगानीकर्ता लगानी गरेपछि आइतबारसम्म बिक्री खुला हुने भएकाले धेरै जसो संस्थागत लगानीकर्ताले आइतबार नै पर्खेको हुनसक्ने सीबीआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवराज गिरीले बताए ।

जेठ ९ देखि बिक्री खुल्ला गरेको सो योजनाको इकाइ छिटोमा बिक्री बन्द हुने समयमा पूर्ण बिक्री नभएपछि असार ८ सम्म बिक्री खुल्ला गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवद्र्धक रहेको सो योजनामा बुधबारसम्ममा करिब १६ हजार आवेदकमार्फत ३० करोड रुपैयाँभन्दा धेरैको आवेदन आएको गिरीले बताए । बुधबारसम्ममा पनि सो योजनामा व्यक्तिगत लगानीकर्ता धेरै भएको गिरीको भनाइ छ । धितोपत्र बजारको नकारात्मक अवस्थाले पनि सर्वसाधारणको सहभागितामा केही कमी आएको छ । संस्थागत लगानीका लागि कर्पोरेट सेक्टरले लगानी गर्ने बताएको भएपनि अझै केही दिन बाँकी रहेको बिक्री गर्न समस्या नहुने गिरीको बुझाइ छ ।
सो योजनाको १ करोड पचास लाख इकाई कोष प्रवद्र्धक रहेको सिटिजन्स बैंकलाई छुट्याइएको छ । यो योजनाको इकाइ खरिदका लागि लगानीकर्ताले १ सय देखि अधिकतम २ करोड इकाईसम्म आवेदन दिनसक्छन् ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत जारी हुने यो दोस्रो बन्दमुखी योजना हो । यो योजना ७ वर्षपछि परिपक्क हुनेछ । सो योजनाको कोष व्यवस्थापकको रुपमा सिविआइएल क्यापिटल रहेको छ । प्रति इकाई १० रुपैयाँका रहेको यो योजनाको एकाइ धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सूचीकरण पनि हुन्छ ।
सो योजनामा लगानी गर्ने लगानीकर्ताले वार्षिक १५ देखि २० प्रतिशतसम्मको प्रतिफल पाउने सम्भावना छ भने योजना परिपक्व भएपछि पनि लगानीको करिब ३ देखि ५ गुणाँसम्म सम्पत्ति फिर्ता पाउने सम्भावना छ ।