कारोबार संवाददाता
बुधवार, असार ४, २०७६
291

नेपाल बैंकले प्रदेश नम्बर ५ दाङ जिल्लाको तुलसीपुर उपमहानगरपािलकामा शाखा स्थापना गरेको छ । बैंकको १६२ औं शाखाका रूपमा स्थापित यस शाखा कार्यालयको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र नेपाल बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले संयुक्त रूपमा उद्घाटन गरे ।
सो अवसरमा प्रमुख अतिथि एवं नगर प्रमुख पाण्डेले नेपालको ऐतिहासिक बैंकको शाखालाई यस उपमहानगरमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै विभिन्न वित्तीय सेवामा यस बैंकसँग हातेमालो गर्न उपमहानगर उत्सुक रहेको बताए भने नेपाल बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले इतिहासको गौरव र वर्तमानको आधुनिकता एकसाथ बोकेको यस बैंकले विश्वसनीय, अत्याधुनिक र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने बताए ।