कारोबार संवाददाता
बुधवार, असार ४, २०७६
378

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन नपा–५, सीतापाइला, आदेश्वरस्थित ‘हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होम’ का बालबालिकाहरूलाई सहयोग प्रदान गरेको छ । बैंकले हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरूलाई जुक्ताहरू तथा खाद्यान्नहरू (चामल, दाल, खाने तेल आदि), साबुन र खाना पकाउने ग्यासहरू प्रदान गरेको छ ।
देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका अनाथ बालबालिकाहरूलाई उक्त चिल्ड्रेन होमले आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएकोे बैकले जनाएको छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामाग्रीहरू हस्तान्तरण गरे ।
बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरूका लागि, चेतनामूलक कार्यक्रमहरू आदिमा समय–समयमा विभिन्न किसिमका सहयोग र राहत सामग्रीहरू उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।