कारोबार संवाददाता
आइतवार, असार १, २०७६
344

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ शुक्रबारदेखि कैलाली जिल्ला टीकापुर नपा–१ स्थित टीकापुरमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको टीकापुर नपाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले उद्घाटन गरेका थिए । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।
बैंकले उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि टीकापुर नपाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले उद्घाटन मन्तव्य राख्दै प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेको तथा टीकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए ।