कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६
318

सनराइज बैंकले रूपा गाउँपालिका र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्मपन्न गरेको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’‘ अभियानलाई निरन्तरता दिँदै, सनराइज बैंकले जेठ २६ गते रूपा गाउँपालिका–२, थुम्कीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रमको सुरुवात रूपागाउँपालिका अध्यक्ष नवराज ओझा र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयका डाइरेक्टर डा. रवीन्द्र घिमिरेले गरेका थिए ।