कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६
291

प्रभु बैंकले सेवाग्राहीहरुलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बिहीबारदेखि कैलाली जिल्ला गोदावरी नपा–१ स्थित अत्तरियामा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको गोदावरी नपाका नगर प्रमुख हरिसिंह साउदले उद्घाटन गरेका थिए । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि गोदावरी नपाका नगर प्रमुख हरिसिंह साउदले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुसी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।