कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
300

मेगा बैंक नेपाल र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले प्राइम लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा तथा सुविधाहरू अब मेगा बैंकका सबै शाखाबाट लिन सक्ने भन्दै बैंकले मेगा बैंकका देशभरका १ सय २ शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्ने पनि जनाएको छ ।