कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
291

देशको ग्रामीण तहसम्म बंैकिङ पहुँच पु¥याइ सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यअनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको जनता बैंक नेपालले बुधबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुरु गरेको छ । नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, कीर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँशाखा खोलिएको भन्दै बैंकले मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले, पाटन सुन्धारा शाखाको बैंकका सञ्चालक रामबहादुर भण्डारीले, ठिमी शाखाको बैंकका सञ्चालक सञ्जीव न्यौपाने र कीर्तिपुर शाखाको नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले उद्घाटन गरेको जनाएको छ ।
नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधालगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा उपलब्ध गराइने पनि बैंकले जनायो ।