कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
158

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरूकाबीच लाहान नगरपालिकाका मेयर मुनी साह सुडीले शिवसताक्षी नगरपालिकाको मेयर चन्द्रकुमार शेर्माले क्रमशः लाहान शाखा र दुधे शाखाको उद्घाटन गरेका थिए ।
शाखाको उद्घाटन समारोहहरूमा प्रमुख अतिथिलगायत पत्रकार महासंघका पदाधिकारी, सिभिल बैंक प्रदेशका प्रदेश प्रमुखहरू सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ । लाहान र दुधे शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जनाएको छ ।