कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
144

लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको पैसा ग्राहकहरूले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।
सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रूपमा हस्ताक्षर गरे ।