कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
214

काठमाडौंको होटेल एम्बेसडरमा फोनिक्स क्यापिटल प्रालिकातर्फबाट आयोजित कार्यक्रममा शुक्रबार स्टान्डर्ड चार्टर बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरव घोष दस्तीदारले व्यक्तिगत कर्जाका लागि नेपालकै प्रथम डिजिटल बजार कर्जाबजार डटकमको सुरुवात गरेका थिए ।
कर्जाबजार यस्तो डिजिटल मञ्च हो जहाँ प्रयोगकर्ताहरूले प्रमाणपत्र प्राप्त वित्तीय संस्थाहरूबाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरू (घर, सवारी साधन, अचल सम्पत्ति कर्जा, क्रेडिट कार्ड आदि) का बारेमा ब्याजदर, कार्यान्वयनका शर्तहरू, प्राप्त गर्नका लागि बैंकले तोकेका मापदण्ड आदिका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यसका साथै वेबसाइटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि आवेदनका लागि चालिने प्रक्रियाका समेतका बारेमा पनि हेर्न सक्नेछन् ।
कर्जा बजारलाई नेपालका प्रमुख वाणिज्य बैंकहरूसँग विस्तृत परामर्श र प्रक्रिया प्रवाह समायोजन गरेर मात्र अनलाइन रिलिज गरिएको जनाएको छ । तीनवटा वाणिज्य बैंकहरू (स्टान्डर्ड चार्टर बैंक, एनएमबी बैंक र लक्ष्मी बैंक) र क्षेत्रीय विकास बैंक (सिन्धु विकास बैंक) ले कर्जाबजारसँग सम्झौता गरिसकेका छन् । कर्जा बजारले ग्राहकलाई आकर्षण गर्न लागत प्रभावी र नविन माध्यमका रूपमा कार्य गर्ने हुँदा अझै बढी बैंक र वित्तीय संस्थाहरू पनि यसमा संलग्न हुने अपेक्षा गरिएको पनि कम्पनीले जनायो ।