कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
135

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी नेपाल) र सिद्धार्थ बैंकबीच बिमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैंकबीच मंंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका  सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।