कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
122

ग्लोबल आईएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीबीच संस्थागत अभिकर्तासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १ सय ३७ वटै शाखामार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बिमा योजनाहरू खरिद गर्नुका साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।