कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
215

रेमिट्यान्सले आफ्नो सेवा अस्ट्रेलियाबाट आरम्भ गरेको छ । अस्ट्रेलियाको सिड्नीमा कार्यालय स्थापना गरी एक कार्यक्रमको आयोजना गरी इजीलिंक रेमिट्यान्सका ब्रान्ड एम्बासडर रवि लामिछानेको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल, इजीलिंक रेमिट्यान्स अस्ट्रेलियाका प्रबन्ध निर्देशक दीपेन्द्र कार्की र नेपाली समुदायको उपस्थितिकाबीच सेवा आरम्भ गरेको जनाएको छ ।
‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मूल नाराका साथ विगत २१ वर्षदेखि देशमा रेमिट्यान्स भिœयाउँदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्सले आफ्नो सेवालाई विस्तार गरेको हो ।
कार्यक्रममा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र कम्पनीका ब्रान्ड एम्बासडर रवि लामिछानेले त्यहाँ रहेका नेपालीहरूलाई बैधानिक तरिकाले आफूले कमाएको रकम नेपाल पठाउन इजीलिंक रेमिट्यान्सको प्रयोग गर्न आग्रह गरे । अहिले अस्ट्रेलियामा १ लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ । हुन्डीको कारोबार धेरै हुने देशको रूपमा अष्ट्रेलियालाई लिइँदै आइएको पनि कम्पनीले जनाएको छ ।