कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
276

सिद्घार्थ बैंकले शुक्रबार सिन्धुलीको गोलन्जोर शाखाको र सोमबार जुम्ला शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीबाट र जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर श्रीमती कान्तिका सेजुवाल र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर सार्कीबाट संयुक्त रूपमा भएको बैंकले जनाएको छ ।