कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
261

नेपाल बंगलादेश बैंक कर्मचारी संघले आफ्नो २५ औं वार्षिकोत्सव २०७६ को अवसरमा बैंकको प्रधान कार्यालयमा नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


कार्यक्रममा कर्मचारी तथा बैंकका ग्राहकहरू गरेर जम्मा १ सय १५ जनाले रक्तदान गरेको भन्दै बैंकले रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वार्षिकोत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको पनि जनाएको छ । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।