कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
163

आइतबार सम्पन्न प्राइम कमर्सियल बैंकको ११ औं वार्षिक साधारणसभाले संस्थापक समूहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदयमोहन श्रेष्ठ तथा सर्वसाधारण सेयर धनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले राजेन्द्र दास श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट चयन गरेका बैंकले
जनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताए ।