कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
267

 सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ । ह्याम्स हस्पिटलसँग सोमबार एक कार्यक्रमकाबीच सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्पmबाट अध्यक्ष आर. यस. भण्डारीले हस्ताक्षर गरे । सिभिल बैंकका ग्राहकहरूले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरू पाउने बैंकले जनाएको छ ।