कारोबार संवाददाता
बुधवार, जेठ २२, २०७६
319

विदेशमा रहेका नेपालीहरूले पृथ्वी रेमिटमार्फत पठाएको रकम भुक्तानीका लागि नेपाल इन्भेस्टमेन्ट बैंक र प्राइम कमर्सियल बैंकबीच सम्झौता
भएको छ । यस सम्झौतापछि प्राइम कमर्सियल बैंकले आफ्नो सबै शाखाहरूबाट पृथ्वी रेमिटको भुक्तानी गर्न सक्ने भन्दै बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र प्राइम कमर्सियल बैंकबीचको सहकार्यले नेपालीहरूलाई विदेशबाट पठाएको रकम छिटो र छरितो तरिकाले पाउन सहज बनाएको जनाएको छ । नेपाल इन्भेस्मेन्ट बैंकले आफ्नो रेमिटेन्स सेवा पृथ्वी रेमिटको सञ्जाल विभिन्न देशहरूमा विस्तार गरेको छ र यसले नेपालीहरूलाई स्वदेशमा रकम पठाउन सहज बनाएको पनि बतायो ।