कारोबार संवाददाता
बुधवार, जेठ २२, २०७६
222

ग्लोबल आईएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक वसन्तकुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै कामु कार्यकारी प्रमुख ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे भने नेपाल प्रहरीको समुदाय–प्रहरी कार्यक्रमलाई सहयोग गरेकोमा महाशाखाको तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक पन्तले बैंकलाई धन्यवाद ज्ञापन गरेको थियो ।