कारोबार संवाददाता
बुधवार, जेठ २२, २०७६
146

गरिमा विकास बैंक र आईएमई लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आईएमई लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात गरिमा विकास बैंकका ग्राहकहरूले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आईएमई लाइफ इन्स्योरेन्सको बिमा पोलिसी खरिद गर्न सक्ने बैंकले जनाएको छ ।