कारोबार संवाददाता
मंगलबार, जेठ २१, २०७६
181

सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न शाखा कार्यालयहरूबाट सन्ध्याकालीन काउन्टर तथा होलिडे काउन्टर सञ्चालन गर्दै आएकोमा ग्राहकवर्गको माग तथा सुविधालाई मध्यनजर गर्दै देशभरका विभिन्न शाखा कार्यालयहरूमा सन्ध्याकालीन काउन्टर तथा होलिडे काउन्टरको सुविधाहरू थप गरिएको जनाएको छ ।
आफ्ना ८५ वटा शाखा कार्यालय तथा २४ वटा एटीएमबाट ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंकले थप १३ ओटा शाखा कार्यालयबाट सन्ध्याकालीन काउन्टर तथा होलिडे काउन्टरहरू सञ्चालनमा ल्याएको भन्दै थप गरिएका सन्ध्याकालीन तथा होलिडे काउन्टरहरूमध्ये काठमाडौं उपत्यकाभित्र ४ वटा शाखा रहेको बतायो ।
यस्तै, थप गरिएका सन्ध्याकालीन तथा होलिडे काउन्टरसहित देशभरमा जम्मा १७ वटा शाखाबाट सन्ध्यकालीन काउन्टर तथा जम्मा २१ वटा शाखाबाट होलिडे काउन्टर सञ्चालन गरी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गरिएको पनि बैंकले जनाकएको छ ।