कारोबार संवाददाता
मंगलबार, जेठ २१, २०७६
144

सिद्धार्थ बैंकले आयोजना गरेको कभरसँग प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार रुपैयाँ प्रदान गरेको छ । यस प्रतियोगिताका प्रतिस्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए ।
यसरी प्रतियोगीहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषणा गरी पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ । आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै जाने बैंकले जानकारी पनि गराएको छ ।