कारोबार संवाददाता
मंगलबार, जेठ २१, २०७६
159

प्रभु बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका–५ मा लमही शाखा गरी सोमबार एकैसाथ २ वटा नयाँ शाखा कार्यालयल सञ्चालनमा ल्याएको छ ।
काठमाडौं बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक समारोहकाबीच उद्घाटन गरे । त्यसैगरी दाङ जिल्लाको लमही शाखाको लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।