कारोबार संवाददाता
मंगलबार, जेठ २१, २०७६
129

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले यूकेएडको सक्षमसँग कनेक्ट आइपीएस इ पेमेन्ट प्रणाली प्रवद्र्घन गर्न, एनपीआई लागू गर्न तथा सेटलमेन्ट ग्यारेन्टि फन्ड विस्तार गर्न साझेदारी भएको छ । उक्त सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, अन्य पदाधिकारीहरू, वाणिज्य बैंक विकास बैंक, वित्त कम्पनी संघका अध्यक्षहरू, डीएफआडीका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको पनि कम्पनीले जनाएको छ ।

उक्त परियोजना अन्तर्गत कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीको प्रवद्र्धन गर्ने तथा त्यसका बारेमा सचेतना जगाउने र तालिम दिने, एनपीआई निर्माण गरी लागू गर्ने तथा सेटलमेन्ट ग्यारेन्टि फन्डको विस्तार गर्ने समझदारी भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधानले मन्तव्य राख्दै भने, “हामीले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीतिसँग मेल खाने गरी विभिन्न भुक्तानी प्रणालीहरूको स्थापना तथा सञ्चालन गरी आएका छौं ।”
हाल रणनीतिक रूपमा त्यस्ता प्रणालीहरूलाई समेत एकीकृत गर्ने, बैंक तथा वित्तीय संस्थाहरू तथा भुक्तानी क्षेत्रका सरोकारवालाहरूलाई डिजिटल भुक्तानी सेवाहरू विस्तार गर्नका लागि आवश्यक मद्दत पु¥याउनेछ । यस्तै, सक्षमका टिम लिडर दाहालले मन्तव्यको क्रममा भने, “नेपालमा भुक्तानी प्रणालीहरूको आधुनिकीकरण तथा सबलीकरणका लागि सक्षमले काम गरी आएको छ ।” नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकासलाई, बैंक तथा वित्तीय संस्था, विभिन्न संस्था र ग्राहकहरूका लागि साझा प्रणाली उपलब्ध गराई ती संस्थाहरूले बिना अवरोध भुक्तानी सेवा प्रवाह गर्न एनसीएचएलसँगको यस साझेदारीले सहयोग गर्नेछ ।