कारोबार संवाददाता
मंगलबार, जेठ २१, २०७६
183

लक्ष्मी बैंकले डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरूका लागि विशेष योजना सुरु गरेको छ । एफवान सफ्टसँगको सहकार्यमा सञ्चालित सो योजनाअन्तर्गत हाल जारी आईसीसी क्रिकेट वल्र्डकप–२०१९ को अवधिभर कन्ट्रोल ओमार्फत बचत खाता खोल्दा ग्राहकहरूले ५ सय रुपैयाँबराबरको मोबाइल ब्यालेन्स प्राप्त गर्न सक्ने छन् ।
ग्राहकले बैंकको वेबसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्ने र त्यसलाई आधिकारिकता दिन एक पटकका लागि बैंकको नजिकैको शाखामा जानुपर्ने जनाएको छ ।
लक्ष्मी बैंकले कागजरहित बैंक खाता खोल्न अभिपे्ररित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको भन्दै यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास लिएको छ ।