कारोबार संवाददाता
सोमवार, जेठ २०, २०७६
216

रुपेन्देही जिल्ला बुटवल केन्द्रीय कार्यालय रहि १५ वटा जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले जेठ १६ देखि २ दिने ५७ वटा शाखाका शाखा प्रमुखलाई सम्मिलित गराई चालू आवको प्रगतिसमीक्षा तथा आगामी आव ०७६÷७७ को योजना तर्जुमा गर्ने उद्देश्यले व्यवस्थापन कार्यशाला सम्पन्न गरेको छ ।
वित्तीय संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अथिति प्रदेश नम्बर ५ का माननीय सामाजिक विकासमन्त्री सुदर्शन बराल, विशिष्ट अतिथि वरिष्ठ पत्रकार तथा भिजन लुम्बिनीका प्रमुख सल्लाहकार दिलिप भट्टराई थिए ।