कारोबार संवाददाता
सोमवार, जेठ १३, २०७६
201

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा काठमाडौं महानगरपालिका–१५, स्थित डल्लु शाखा कार्यालयको तथा काठमाडौं महानगरपालिका–१६, स्थित नयाँबजार शाखाको औपचारिक उद्घाटन गरेको छ ।
डल्लु शाखाको उद्घाटन प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठले तथा नयाँँबजार शाखाको उद्घाटन बैंकका सञ्चालन समितिका सदस्य राजेशकुमार रौनियारले गरेका थिए । कार्यक्रमकै क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताएका थिए ।