कारोबार संवाददाता
सोमवार, जेठ १३, २०७६
132

सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ एकैचोटी ४ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले रुपन्देहीको मायादेवी गाउँपालिका ५, पर्साहवा र ओमसतिया गाउँपालिका ६, मझौली, यसैगरी महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारा र सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१, रामपुर बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यो सँगसँगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या ३३ पुगेको तथा बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको पनि बताएको छ ।