कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६
177

एनआईसी एसिया बैंक र भेनस हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।