कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६
204

विभिन्न संस्था तथा निकायहरूलाई विद्युतीय माध्यमबाट बैंक खातामार्फत भुक्तानी कारोबार गराउने क्रममा, कर्मचारी सञ्चयकोषका विभिन्न भुक्तानी कारोबारहरू पनि नेपाल क्लियरिङ हाउस लिमिटेडको विद्युतीय भुक्तानी प्रणालीहरूमार्फत हुुने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड तथा कर्मचारी सञ्चयकोषबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा कर्मचारी सञ्चय कोषकातर्फबाट प्रशासक तुलसीप्रसाद गौतम एवं नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार, कर्मचारी सञ्चयकोषले नेपालक्लियरिङ हाउसको एनसीएचएल आईपीएस र कनेक्ट आईपीएसमा पूर्णरूपमा इन्टिग्रेट गरी आप्mनो भुक्तानी कारोबारहरू स्वचालित रूपमा गर्ने कम्पनीले जनाएकोछ ।

यसबाट कोषले गर्ने भुक्तानीहरू(सञ्चयकर्ताको कर्जारसापटी, पार्टी पेमेन्ट आदि)लाई लाभग्राहीको बैंक खातामा सिधै जम्मा गर्न सक्ने तथा सञ्चयकर्ता वा संस्थाले कोषलाई बुझाउने सञ्चय कोष, किस्ता आदिको भुक्तानीहरू समेत अनलाइन वा कुनै पनि बैंक खाताबाट गर्न सक्ने व्यवस्था हुने पनि कम्पनीले जनाएको छ ।
कर्मचारी सञ्चयकोष ऐनअन्तर्गत स्थापित कर्मचारी सञ्चयकोष नेपालको सबैभन्दा ठूलो कोष हो जसमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरू आबद्ध छन् ।