कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६
112

नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारबाट सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलंगवामा उद्घाटन गरी औपचारिक कारोबार सुरु गरेको भन्दै उक्त शाखाहरूकोे औपचारिक उद्घाटन सम्बन्धित नगरपालिकाका उच्च पदाधिकारीहरू तथा बैंकका संचालक इन्द्रबहादुर थापाद्वारा गरिएको जनाएको छ ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरूका बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए भन्दै बेकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको जनाएको छ ।