कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६
214

ग्लोबल आइएमई बैंक लि. र सूर्या लाइफ इन्सुरेन्स कम्पनी लि.बीच बैंन्कास्योरेन्ससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का१३७वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनीलिको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने बैकले जनाएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्या लाइफ इन्सुरेन्स कम्पनी लि.कोतर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए ।