कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६
148

 सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूलाई लक्षित गरि नयाँ मोबाइल बैंकिङ सुविधा ल्याएको छ । नयाँ मोबाइल बैंकिङ (बैंक स्मार्ट) मा थप सुविधासहित अन्तर बैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेट्रिक लग इन, क्युआर पेमेन्ट, मोबाइल टपअप, एअर टिकट खरिद जस्ता विभिन्न अन्य सुविधाहरूसहित बैंक स्मार्ट भी फाइभको सुरुवात गरेको बैंकले जनाएको छ ।
यस मोबाइल एप्सबाट ग्राहकवर्गहरूले आफूसँग रहेका मोबाइलबाट माथि उल्लेख गरिएका विभिन्न सुविधाहरू उपयोग गर्न सक्ने छन् । नयाँ सुविधा भएको मोबाइल बैंकिङ (बैंक स्मार्ट) एप्स एसएमएस र जीपीआरएस दुवैबाट प्रयोग गर्न सकिने भन्दै बैंकले हाल सञ्चालनमा रहेका ८५ वटै शाखाबाट आफ्ना ग्राहक वर्गहरूलाई यो सुविधाको थालनी गरेको जनायो ।