कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६
217

एनआईसी एसिया बैंक र एभरेस्ट अस्पताल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेस्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा ५ प्रतिशतदेखि १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र एभरेस्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरेका थिए । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ८३ शाखा कार्यालय, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।