कारोबार संवाददाता
सोमवार, जेठ ६, २०७६
297

 ग्रामीण तथा दुर्गम स्थानहरू साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एसिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको आइतबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका–८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबाट आइतबार एक समारोहकाबीच शाखा उद्घाटन भएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।