कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
220

ग्रामीण तथा दुर्गम स्थानहरु साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एसिया बैंकले ताप्लेजुङ जिल्ला, फुङलिङ्ग नगरपालिकामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका– ५, फुङलिङस्थित फुङलिङ शाखाको फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल र दमक उपप्रादेशिक कार्यालयका प्रमुख दीपक थापाबाट संयुक्त रूपमा उद्घाटन भएको बैंकले जनाएको छ ।