कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
98

मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले एसियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सुविधाहरू अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् भन्दै मेगा बैंकका देशभरका १ सय २ शाखाबाट एसियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने पनि जनाएको छ ।