कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
206

कामना सेवा विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौताअनुुसार कामना सेवा विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूवाट बैंकका ग्राहकहरूले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट प्रविन बस्नेत र नेपाल इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए ।