कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
209

 कैलाश विकास बैंक सिरहाको बेलाहा शाखाको वार्षिक उत्सवको उपलक्ष्यमा विद्यालयलाई साइकल वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–१२, बेलहास्थित विष्णु चरण श्रेष्ठ माविका उत्कृष्ट विद्यार्थीहरूलाई साइकल वितरण गरेको जनाएको छ । साथै बैंकको सिराहा शाखा, कल्याणपुर सप्तरी शाखा र लम्की कैलाली शाखाले शनिबार घरदैलो कर्यक्रम गरी स्थानीय जनतालाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको बताइएको छ ।
आगामी दिनहरूमा पनि बैंकले यस किसिमका सामाजिक सेवाका कार्यहरू गर्दै जाने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । देशभर ९६ बटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै अएको बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आधारभूत बैंकिङ सेवाका साथै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरूका लागि सी–आस्बा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरू प्रदान गर्दै आइरहेको बताइएको छ ।