कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
245

प्रभु बैंकले आफनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका–१५ सोमबारदेखि ढुंगेधारा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।
बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर शिवराज श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।
प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राखेका थिए ।