कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
255

एनआईसी एसिया बैंक लिमिटेडले चालू आव ०७५÷७६ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको भन्दै बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १४८ प्रतिशत (१ अर्ब ९२ करोड रुपैयाँ) ले वृद्धि गरी ३ अर्ब २२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १४५ प्रतिशत (१ अर्ब ३५ करोड रुपैयाँ) को वृद्धि सहित २ अर्ब २७ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको भन्दै गत वर्षको सोही अवधिको खुदमुनाफा ९३ करोड रुपैयाँ रहेको पनि जनाएको छ । बंैकले यस आर्थिक वर्षमा ३३.५ प्रतिशत (५७ अर्ब २४ करोड रुपैयाँ) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (७५ अर्ब ८१ करोड रुपैयाँ) को वृद्धि गरी वासलातको आकार २२८ अर्ब १९ करोड रुपैयाँ पु¥याउन सफल भएको छ । यसअन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशत (२९ अर्ब रुपैयाँ) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशत (४० अर्ब ५३ करोड रुपैयाँ) को वृद्धि गरी १४९ अर्ब ५० करोड रुपैयाँ र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (२६ अर्ब ८७ करोड रुपैयाँ ) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (४४ अर्ब ३७ करोड रुपैयाँ ) को वृद्धि गरी १७८ अर्ब ९ करोड रुपैयाँ पु¥याउन सफल भएको बतायो ।